National life

आवधिक विकास योजनाका लागि राष्ट्रिय विकास परिषद्को बैठक बिहीबार बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
681Shares
आवधिक विकास योजनाका लागि राष्ट्रिय विकास परिषद्को बैठक बिहीबार बस्दै
ncell

काठमाडौँ। राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बिहीबार राष्ट्रिय विकास परिषद्को बैठक बस्ने मिति तय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने उक्त बैठक बिहीबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ ।  बैठकले सरकारको १६औं योजनालाई अन्तिम रूप दिनेछ।

बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले सोह्रौँ योजनाको मस्यौदा प्रस्तुत गर्ने कार्य तालीका रहेको छ ।

बैठकमा सहभागीहरूले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने कार्यक्रम रहेको कार्यतालीकामा उल्लेख गरेको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् गृहमन्त्री रवि लामिछाने, जसपा अध्यक्ष एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्व मन्त्री रन्जिता श्रेष्ठले पनि सम्बोधन गर्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?