National life

उत्पादन घटेसँगै औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्दै प्राधिकरण, साँझ माग धान्नै गाह्रो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
713Shares
उत्पादन घटेसँगै औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्दै प्राधिकरण, साँझ माग धान्नै गाह्रो
ncell

काठमाडौँ। साझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले उल्लेख गरेको छ । तर, सर्वसाधारणको हकमा भने अहिले नै तत्काल कटौती नगरिने प्राधिकरणले जनाएको छ ।

साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने विद्युत् प्राधिकरणको भनाई छ । ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म विद्युत् माग बढी हुने प्राधिकरणको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिउँदयाम सुरुसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने गई आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाई छ ।

यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँद यामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था नरहेको जनाएको छ ।

माथिल्लो तामाकोशीकाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत सम्भार भइरहेको छ। विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने प्राधिकरणको भनाई छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आगामी चैत २ गते ९१५ मार्च २०२५०सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको भएपनि पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?