काठमाडौं। व्यवसायी शिव घिमिरेले उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। घिमिरेले प्यानल घोषणा गर्दै निर्वाचनको तयारी थालेका हुन्।
उनको प्यानलमा अरनिको राजभण्डारी, रबिन पुरी, राजकुमार कार्की, बसन्त चन्द मरहट्टा, रघुनन्दन मारु र सुनिता म्हेम्हाफुकीलगायतका सदस्यहरू छन्। अन्य सदस्यमा होम प्रसाद घिमिरे, बिप्लव अधिकारी, धर्मराज सापकोटा, संघर्ष विष्ट, धनप्रसाद लामिछाने, भक्त श्रेष्ठ, सरस्वती राई, एवा बहादुर थापा र विश्वनाथ खनाल रहेका छन्।
यो समूहलाई भावी अध्यक्ष अन्जन श्रेष्ठको समर्थन प्राप्त छ। महासंघको साधारण सभा नजिकिदै गर्दा विभिन्न समूहहरूले आफ्ना प्यानलसहित उम्मेदवारी घोषणा गरिरहेका छन्।
बरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले उम्मेदवारी दर्ता गरिसकेका छन्। उनका प्यानलमा ज्योत्सना श्रेष्ठ एशोसिएट उपाध्यक्ष, उमेश डालमिया उपाध्यक्ष (जिल्ला, नगर), कल्पना गैरे जिल्ला नगर उपाध्यक्ष, नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्ष र कमला श्रेष्ठ महिला उपाध्यक्षको रूपमा प्रस्तावित छन्।
व्यवसायी शिव घिमिरे लामो समयदेखि व्यापार क्षेत्रमा सक्रिय छन्। उनका लगानी ग्यास, जलविद्युत, विद्युतिय सवारी साधन बिक्री र पेट्रोल पम्प क्षेत्रमा समेत रहेका छन्। महासंघको साधारण सभा चैत २८ गते हुँदैछ।
































