National life

खुद बीमाशुल्क सामान्य बढेको नेको इन्स्योरेन्सको नाफा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
605Shares
खुद बीमाशुल्क सामान्य बढेको नेको इन्स्योरेन्सको नाफा कति ?
ncell

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ६१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

ईन्स्योरेन्सले आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तसर्थ यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशत बढी हो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशत बढेको छ।

इन्स्योरेन्सको खुद दाबी खर्च भने सो अवधिमा १०.६९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको वित्तीय विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ९५ पैसा रहेको इन्स्योरेन्सको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ रुपैयाँ ९९ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा रहेको छ।

२ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ, रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?