National life

घोराही सिमेन्टको वित्तीय विवरणमा सुधार, बिक्री बढेसँगै घाटा घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ माघ २०८२, आइतबार
1.2kShares
घोराही सिमेन्टको वित्तीय विवरणमा सुधार, बिक्री बढेसँगै घाटा घट्यो
ncell

काठमाडौँ। बिक्रीबाट प्राप्त आम्दानीमा वृद्धि भएपछि घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटा घट्दै गएको देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २६ करोड ४९ लाख रुपैयाँ नोक्सानी बेहोरेको विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने घाटा ६६ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले बिक्रीबाट २ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको समान अवधिको तुलनामा २०.१८ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष सोही समयसम्म कम्पनीको आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो। यस अवधिमा कम्पनीले १ करोड ६९ लाख रुपैयाँ अन्य शीर्षकबाट पनि आम्दानी गरेको छ।

खर्चतर्फ हेर्दा प्रशासनिक, बिक्री तथा वितरण खर्च ८ करोड ६३ लाख रुपैयाँ पुगेको छ। यस्तै, ह्रासकट्टी खर्च ३ करोड ३२ लाख रुपैयाँ र वित्तीय खर्च ३३ करोड ७७ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको रिटेन्ड अर्निङमा भने गिरावट आएको छ। अघिल्लो वर्ष १ अर्ब ३७ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर अहिले ६८ करोड ७० लाख रुपैयाँमा झरेको छ।

उक्त अवधिसम्म प्रतिसेयर आम्दानी (ईपीएस) ५.२७ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६.०८ रुपैयाँ तथा तरलता अनुपात ०.८२ प्रतिशत रहेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?