National life

च्याम्पियन फुटवेयरमा सम्झौता भन्दा दोब्बर लगानी चौधरी ग्रुपको देखियो : सीआईबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
767Shares
च्याम्पियन फुटवेयरमा सम्झौता भन्दा दोब्बर लगानी चौधरी ग्रुपको देखियो : सीआईबी
ncell

काठमाडौँ । बाँसबारी जग्गा प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरेरै जानकारी गराएको छ ।

प्रहरीले तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीले हिजो बिहीबार पक्राउ गरेको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डभित्र च्याम्पियन फुटवेयर स्थापना गरेर चौधरी समूहले सरकारलाई हानी गर्ने नियतले २६ लाख लगानी गरेको केन्द्रीय अनुसन्धान ब्युरोको भनाई छ । बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिसँग च्याम्पियन फुटवेयरमा २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्यानभास जुत्ता उत्पादन गर्नेगरी खोलिएको फुटवेयर बन्द गरेर चौधरी समूहले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापासँग मिलेर साविक नगर २२ ९छ० को कित्ता नम्बर ५० को १० रोपनी जग्गा हक हस्तान्तरण गरेको केन्द्र्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

फुटवेयर लिमिटेडको जारी पुँजी अनुसार १२ लाख ५० हजार लगानी गनुपर्नेमा जग्गा हडप्ने उद्देश्यले २६ लाख लगानी गरेको अनुसन्धानमा पाइएको छ । बाँसबारी छालाजुत्ता कारखानाको सञ्चालक समितिलको निर्णय र प्रतिवेदनका आधारमा मालपोत कार्यालय डिल्लीबजारबाट हक हस्तान्तरण गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा उनले भने– ‘सरकारका निर्णय बिना कारखानाको नाममा भएको जग्गा बेचविखन गर्ने अधिकार सञ्चालक समितिलाई थिएन ।’

नभएको अधिकार प्रयोग गरेर आरोपीहरुले आर्थिक लाभ लिएको भन्दै प्रहरीले मुलुकी ऐन–२०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता ०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?