National life

डेढ लाखको सँघारमै सुनको मूल्य: चाँदीको सामान्य घट्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
1.3kShares
डेढ लाखको सँघारमै सुनको मूल्य: चाँदीको सामान्य घट्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। मंगलवार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सोमवारका दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

उता अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा भारी वृद्धि भएको छ ।  आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.९४ प्रतिशत अर्थात् २२ डलरले बढेको  छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?