काठमाडौं । नेपाल–भारतबीच क्रश बोर्डर पेमेन्ट (डिजिटल भूक्तानी) सम्बन्धी सम्झौता भएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा क्रस बोर्ड पेमेन्टको मुद्दामा सम्झौता गरेका छन् ।
नेपालकातर्फबाट एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश प्रधान र भारतका तर्फबाट एनपीआईएलका सिईओ रितेश शुक्लाले सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
योसँगै भारतको विश्वव्यापी निकै लोकप्रिय भुक्तानीको साधन रु–पेले नेपालमा समेत आधिकारिकता पाउने भएको छ ।
भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने रु–पे विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको ब्याङ्किङ कार्ड हो। भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशबीच डिजिटल भुक्तानीलाई बढावा दिने उल्लेख गरेका छन्।
सन् २०१२ मा सुरुवात भएको यो कार्ड अहिले करिब ७० करोड भारतीयहरूले प्रयोग गरिरहेका छन् भने अन्तरदेशिय वित्तीय भुक्तानीमा यो गतिलो र विश्वशनिय साधन बनिरहेको छ।

































