National life

बीचमा अल्झिने विद्युतीय कारोबारको रकम तीन दिनभित्रैमा सेटलमेन्ट गर्न राष्ट्र बैंकको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ मंसिर २०८०, मङ्गलबार
599Shares
बीचमा अल्झिने विद्युतीय कारोबारको रकम तीन दिनभित्रैमा सेटलमेन्ट गर्न राष्ट्र बैंकको निर्देशन
ncell

काठमाडौं । मोबाईल एप तथा डिजिटल वालेटबाट कारोबार गर्दा फेल भई रकम काटेको अवस्थामा तीन दिनभित्र रकम फिर्ता गर्नुपर्ने नयाँ व्यवस्था नेपाल राष्ट्र बैंकले लागु गरेको छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणाली सम्बन्धी निर्देशिकालाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार डिजिटल कारोबारमा फेल भएको पेमेन्ट रकम तीन दिनभित्रैमा भुक्तानी गरिसक्नुपर्नेछ ।

त्यस्तै, भुक्तानी रकम पठाउने र पाउने दुवै पक्ष एउटै वालेट वा बैंकको भएमा २४ घण्टाभित्रैमा फोर्स सेटलमेन्ट गरिसक्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ व्यवस्था अनुसार केन्द्रीय बैंकले फेल भएका पेमेन्टको भुक्तानी सेटलमेन्ट गर्ने दायित्व दुवै वित्तीय संस्थाको हुने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंकलाई विद्युतीय भुक्तानी गर्दा साईबर रिलिजेन्स गाईडलाईन फलो गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्थासँगै अब विद्युतीय कारोबार बीचैमा अड्किएर समस्या पर्ने ग्राहकले राहत पाउनेछन् । अहिले बैंकहरुले यस्तो विद्युतीय भुक्तानी अल्झिएको समस्या समाधान गर्न महिनादिनसम्म लगाउने गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?