National life

यशोदा फुड्सद्धारा आफ्ना उत्पादनहरु गुणस्तरयुक्त रहेको दाबी,अफवाह फैलाउनेलाई कारबाहीको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
1.4kShares
यशोदा फुड्सद्धारा आफ्ना उत्पादनहरु गुणस्तरयुक्त रहेको दाबी,अफवाह फैलाउनेलाई कारबाहीको माग
ncell

काठमाडौं । हाल विदेशी चाउचाउ पैठारीमा राज्यको अर्बौ रुपैयाँ विदेशिएको अवस्थामा स्वदेशमा नेपाली किसान दाजुभाई दिदिबहिनीहरुबाट उत्पादित आफ्ना प्रडक्टहरु गुणस्तरयुक्त रहेको यशोदा फुड्सले दाबी गरेको छ । कम्पनीले अर्गानिक अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, तथा नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गर्दै आफ्ना उत्पादन तयार गरेको जनाएको हो ।

नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोक्नुका साथै करीव १ हजार नेपाली दाजुभाई दिदीबहिनीहरुलाई प्रत्क्षय रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरुलाई रोजगारी दिलाउन यशोदा फुड्स प्रा. लि.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सफल भएको अवस्था छ । हाल कम्पनीका उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा समेत निर्यात भइरहेको छ ।

उपभोक्ताको रोजाईमा परेको र विदेशमा समेत ख्याती कमाउँदै हरेक नेपालीहरुको जिब्रोमा बस्न सफल यशोदा फुड्सका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको साथै ६० करोड नेपाली रुपैया भन्दा बढीका उत्पादन चालु वर्षमा विभिन्न देशमा निर्यात गरी सो बराबरको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ । यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाइ आएको व्यहोरा अनुरोध गर्दै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहेको र कुनै कपोलकल्पीत फण्डा तयार गरी आम उपभोक्ता महानुभावहरुको भावनामा माथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरु प्रति सचेत रहेको व्यहोरा सादर अनुरोध गराएको छ ।

उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको कम्पनीले जनाएको छ । हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गरेको छ ।

देशमा बेरोजगारी बढिरहेको अवस्थामा हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रोजगारी,करोडौं विदेशी मुद्रा आर्जन गर्ने, सरकारलाई राजस्वमा करोडौंको योगदान गर्ने र नेपाली कृषि उपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरेको यस उद्योगलाई निहित स्वार्थ पुरा गर्न अनावश्यक दुख दिने नियतले केही तत्वहरुले स्वार्थी तत्वहरुलाई प्रयोग गरी कपोलकल्पीत समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरु विरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइ सकेको व्यहोरा समेत कम्पनीले अवगत गराएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?