National life

यशोदा फुड्सद्वारा जनहितमा सूचना जारी: उपभोक्ता र व्यवसायीलाई सचेत रहन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
5.9kShares
यशोदा फुड्सद्वारा जनहितमा सूचना जारी: उपभोक्ता र व्यवसायीलाई सचेत रहन आग्रह
ncell

काठमाडौं । रुपन्देहीस्थित यशोदा फुड्स प्रा.लि.ले विक्रेता, उपभोक्ता तथा सरोकारवाला सबैलाई लक्षित गर्दै एक जनहित सूचना जारी गरेको छ।

कम्पनीले नेपालभर कृषि तथा उद्यमशीलता क्षेत्रमा रोजगारी र व्यवसायिक अवसर विस्तार गर्ने उद्देश्यसहित आफ्ना उत्पादन तथा वितरण प्रणालीलाई अझ व्यवस्थित बनाइरहेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, उत्पादनको गुणस्तर र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन देशका विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको पनि सूचनामा उल्लेख गरिएको छ।

सूचनामा गर्मी मौसमसँगै उच्च तापक्रमका कारण पसल तथा गोदाममा सामान राख्दा गुणस्तरमा असर पर्न सक्ने भएकाले उचित भण्डारण गर्न आग्रह गरिएको छ। त्यस्तै, उपभोक्तालाई उत्पादन प्रयोग गर्दा उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गरेर मात्र प्रयोग गर्न सुझाव दिइएको छ।

कम्पनीले आफ्ना उपभोक्ता तथा व्यवसायी साझेदारलाई सतर्कता अपनाउन र सुरक्षित रूपमा उत्पादन प्रयोग गर्न आग्रह गर्दै आफ्नो उद्देश्य “गुणस्तर, स्वाद र सन्तुष्टि नै हाम्रो लक्ष्य हो” भन्ने रहेको स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
5.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?