काठमाडौँ । सरकारले सात वटा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपठरिषद्कको बैठकले कालिकोटको रास्कोट सहित नयाँ सात वटा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
रास्नकोट गरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसैगरी मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापक सदस्यमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
साथै, सोही बैठकले मुलुक भित्र विभिन्


































