National life

रियलमीको नयाँ दुईवटा स्मार्टफोन नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ जेठ २०८०, शुक्रबार
625Shares
रियलमीको नयाँ दुईवटा स्मार्टफोन नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक
ncell

काठमाडौं । सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाएको छ । कटिङ एवं फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने आशा विश्वास कम्पनीले लिएको छ । लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले, “रियलमी नार्जी एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ नार्जी एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ रियलमी नाज एन ५५ से नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।

यी दुई स्मार्टफोनहरुले आकर्षक फिचरहरु मात्र नभै सुपथ मुल्यमा नवीनतम प्रविधी प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई पनि मूर्त रूप दिने गिरीले बताए । हामीलाई विश्वास छ कि हाम्रा नेपाली नयाँ पुस्ताले हामीलाई यी दुई स्मार्ट फोनहरु मन पराइदिनुहुनेछ साथै निरन्तर सुधार गर्दै नयाँ नयाँ स्मार्टफोनहरु ल्याइराख्न हामीलाई हौसला दिनुहुने समस्त नेपाली उपभोक्ताहरुलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु उनले भने ।

यस्ता छन् मुख्य फिचरहरु

६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३ प्रतिशतको स्क्रिन –टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो । यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिड् रेट १८० हर्ज रहेको छ । ३३ वाटको सुपर भोक चार्जिङ सहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता रहेको छ । सुपरभोक टेक्नोलोजीले हाइ भोल्टेज लो करेन्ट प्रविधी अपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ । यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ । ५००० एमएएचको शक्तिशालि व्याट्रि भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ । यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ । यसमा नाइट मोड, पोर्ट्रेट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु रहेका छन् ।

रियलमी नार्जी एन ५५– ३३ वाट फास्ट चार्जिङ सहितको नेक्स्ट जेन पावर हाउस

नार्जी एन ५५ नयाँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिकी एआइ क्यामरा, मिडिया टेक हेलियो जि८८ चिप सेट र १२ जिबि सम्मको डाइनामिक याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरुले यो फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरुको तुलनामा एक कदम अगाडि बनाएको छ ।

यस्ता छन् मुख्य फिचर

नार्जो एन ५५ मा मिडियाटेक हेलियो जि ८८ चिप सेट रहेको छ जुन यो सेग्मेन्टमा हुने फोनहरुको लागि सबैभन्दा उच्च स्तरको हो । माली जि ५२ जिपियु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजी भएको यो चिप सेटले ग्राफिक्स प्रोसेसिङ त असाधारण तरिकाले गर्छ नै साथै मल्टीमिडिया, गेमिङ र मल्टीटास्किङको लागि पनि एकदमै सहज बनाउँछ । ९० हर्जको रिफ्रेस रेट, फुल एचडि डिस्प्ले र पन्च होल स्क्रिन भएको यो फोन चलाउन एकदमै शान्दार अनुभुती हुन्छ ।

६.७२ इन्चको स्क्रिन र ९१.४ प्रतिशत स्क्रिन–टु–बडी रेसियो भएकोले यो फोन चलाउँदा सहज अनुभुती हुने कम्पनीको भनाइ रहेको छ । यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्च होलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुन नाज डिभाइसमै पहिलो पटक हो ।

नार्जी एन ५५ यो सेगमेन्टकै एक मात्र स्मार्टफोन हो । जसमा ०.७ म्याक्रोमिटरको बिग पिक्सेल साइज र १÷२ इन्चको सेन्सर साइज युक्त ६४ एमपिको क्यामरा रहेको छ यसमा २ एमपि रेजोलुसन युक्त ब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपिको सेल्फी क्यामरा पनि रहेको छ । साथै यसमा बोके फ्लेयर पोर्ट्रेट, एआइ कलर पोर्ट्रेट र स्टारी मोडको साथै प्रो–लाइट इमेजिङ टेक्नोलोजी पनि रहेको छ ।

नार्जी एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएच शक्तिशालि व्याट्रि रहेको छ जम्मा २९ मिनेटमै ५० प्रतिशत चार्ज हुने यो फोन फुल चार्ज हुन ६३ मिनेट लाग्छ । इनटेलिजेन्ट फाइभ कोर प्रोटेक्सन सिस्टम भएकोले यो फोन ओभरचार्ज, ओभर भोल्टेज, ओभर करेन्ट, ओभर टेम्पेरचर र एक्स्ट्रिम केस प्रोटेक्सन हुन्छ यसमा भएको मिनी क्याप्सुलमा व्याट्रि स्टेटस, डाटा यूजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्ने कम्पनीले जनाएको छ ।

कति पर्छ मूल्य ?

दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् । ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जी ५३ मोडलको मूल्य १५ हजार ९९९ रुपैयाँ र ६+१२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ । त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जी एन ५५ को मूल्य २० हजार ४९९ रुपैयाँ र ६+१२८ भेरियन्टको मूल्य २४ हजार ४९९ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?