National life

हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध, सेवा सुचारु हुन केहि समय लाग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
586Shares
हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध, सेवा सुचारु हुन केहि समय लाग्ने
ncell

काठमाडौं । हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको बिटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ ।

कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप गरी क्षति पु¥याकोले गर्दा सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमले आज एक विज्ञप्ति जारी गर्दै सेवाहरु अवरुद्ध हुन पुगेकोमा दुख समेत व्यक्त गरेको छ ।

'सर्केगाड गाउँपालिका–५ स्थित बरै माइक्रो वी.टी.एस.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
टावरमा पौष ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।'  टेलिकमका प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न नगराउन समेत टेलिकमले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?