काठमाण्डौ । सर्वसाधारणलाई निकै महङ्गो मूल्यमा आईपीओ बिक्री गर्ने योजना बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको नेपाल बिद्धुत प्रधिकरणले बिजुली काटिदिएको छ। विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्ससहित तीन ठूला उद्योगले बिजुलीको पैसा नतिरेको भन्दै लाइन काटिदिएको हो।
प्राधिकरले डेडिकेटेड र टं«कलाइनबापतको बक्यौता नबुझाएको भन्दै मंगलबार राति रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटिदिएको हो।
प्राधिकरणले यसअघि पनि बक्यौता नतिर्ने ६१ वटा उद्योगको लाइन काटेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर व्यवसायीहरूलाई धम्क्याउने काम गरेको उद्योगीहरूले आरोप लगाएका छन् । मंगलवार काठमाडौँमा उद्योगीहरूको एक समूहले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका थिए । उद्योगीहरूले विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे अध्ययन गर्न गठन भएको न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्नुको सट्टा उद्योगीहरूलाई पत्र काट्न थालेको बताएका थिए ।
मन्त्रिपरिषद्ले समेत आयोगले दिएको सिफारिस अनुसार महसुल उठाउन निर्देशन दिए पनि प्राधिकरणले उद्योगीलाई कुनै प्रमाण नदिई हचुवाका भरमा पत्र जारी गरेको उनीहरुको भनाइ छ ।
मंगलवार पत्रकार सम्मेलन गर्दै उद्योगीले भने , ‘कानुनी राज्यमा प्राधिकरण नेतृत्वले गरेको गतिविधिलाई हामीले ज्यादतीको रुपमा लिएका छौं,’ उद्योगीहरुले भनेका छन्, ‘तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तोकेका सर्त र लाल आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले दिएको निर्देशनका सर्त पुरा गर्ने प्रमाण दिएमा सो अनुसार महसुल तिर्न तयार रहँदा रहँदै आयोगले सिफारिस विपरीत हुने गरी कुनै प्रमाण नदिई उद्योगलाई पत्र जारी गर्दै औद्योगिक वातावरण बिगार्ने र विवाद बढाउने काममा प्राधिकरण नेतृत्व लागेको हाम्रो बुझाई छ ।’


































