National life

एक वर्षमा वाणिज्य विभागद्वारा करोडौं जरिबाना असुल

नियम उल्लंघन गर्ने व्यवसायीमाथि एक्सन, करोडौं जरिबाना असुल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०८ साउन २०८३, शुक्रबार
1.5kShares
एक वर्षमा वाणिज्य विभागद्वारा करोडौं जरिबाना असुल
ncell

काठमाडौं । बजारमा नियम उल्लंघन गर्ने व्यवसायीमाथि निगरानी कडा पार्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा २ करोड ६१ लाखभन्दा बढी जरिबाना असुल गरेको छ।

विभागले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार, उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम गरिएको बजार अनुगमनका क्रममा ५३७ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको हो।

गत आवमा देशभर ९६५ अनुगमन टोली परिचालन गरी ४ हजार ४८१ फर्मको निरीक्षण गरिएको थियो। तीमध्ये ३ हजार ४६२ फर्मलाई सचेत गराइएको छ भने ३६२ फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तथ्यांकअनुसार, अनुगमन गरिएका फर्ममध्ये केवल ११५ फर्म मात्र पूर्ण रूपमा नियमअनुसार सञ्चालनमा रहेको पाइएको छ।

अनुगमनका क्रममा कैफियत भेटिएका ४ फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाइएको विभागका प्रवक्ता अनिल किराँतीले जानकारी दिए।

यस्तै, विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनमा पनि प्रगति भएको जनाएको छ। विभागमा दर्ता भएका ९८० गुनासोमध्ये ९२१ फर्छ्योट भइसकेका छन् भने ५८ गुनासो अझै प्रक्रियामा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?