National life
cg eloctronics

युएईको लगानी भित्र्याउन चन्द्र ढकाल सक्रिय, पाँच क्षेत्रलाई दिए प्राथमिकता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१४ दिन अगाडि|२७ कात्तिक २०८३, शुक्रबार
1.7kShares
युएईको लगानी भित्र्याउन चन्द्र ढकाल सक्रिय, पाँच क्षेत्रलाई दिए प्राथमिकता
muktinatha bikash bank

काठमाडौँ । नेपालमा विदेशी लगानी भित्र्याउने पहलस्वरूप नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्तासमक्ष विभिन्न क्षेत्रका सम्भावना प्रस्तुत गरेका छन्। उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डेटा सेन्टरमा लगानी गर्न आग्रह गर्दै नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा अघि बढाउन प्रस्ताव गरेका हुन्।

युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’मा सहभागी ढकालले दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै नेपालमा लगानीका अवसरबारे जानकारी गराएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

ढकालको निजी सचिवालयका अनुसार भेटमा नेपाल–युएई सम्बन्ध, दुई देशबीचको व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका सम्भावनाबारे छलफल भएको थियो।

सो अवसरमा ढकालले युएईका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्दै जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि र डेटा सेन्टरलाई सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरेका थिए।

यसैगरी, फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा ढकालले प्रशंसा गरेका छन्। उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि युएईबाट सिधा उडान सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?