National life

दुई दशकपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरसफाइदेखि मर्मतसम्मको काम सुरु

केही महिनाभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
1.3kShares
दुई दशकपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरसफाइदेखि मर्मतसम्मको काम सुरु
ncell

हेटौँडा । दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने संकेत देखिएपछि स्थानीयवासीमा नयाँ आशा जागेको छ। उद्योग परिसरमा सरसफाइको काम तीव्र पारिएको छ भने सरकारले नेपाली सेनामार्फत उद्योग सञ्चालन गर्ने तयारी अघि बढाएको जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय सभा बैठकमा उद्योग मर्मतका लागि ३३ लाख रुपैयाँ निकासा भइसकेको र मर्मत कार्य सुरु भएको जानकारी दिएकी छन्। उनका अनुसार केही महिनाभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री यादवले हेटौँडा कपडा उद्योगसँगै बुटवल धागो उद्योग र नेपालगन्जको कपास उत्पादन कार्यक्रमसमेत पुनः सञ्चालन गर्ने सरकारको योजना रहेको बताइन्। यी उद्योगलाई एकीकृत रूपमा सञ्चालन गरी कपडा उद्योगलाई दीर्घकालीन रूपमा दिगो बनाउने रणनीति सरकारले अघि सारेको छ।

हेटौँडा कपडा उद्योगको जिम्मेवारी सम्हालिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी प्रमुख संगीता कुँवरले उद्योग पुनः सञ्चालनको तयारीसँगै परिसरमा चहलपहल बढेको बताइन्। उनका अनुसार हाल सरसफाइको काम भइरहेको भए पनि लामो समयदेखि बन्द रहेको उद्योग भएकाले विस्तृत मर्मत र पुनर्संरचनाको काम चरणबद्ध रूपमा अघि बढाइनेछ।

केही दिनअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा उद्योग परिसरको सरसफाइ गरेका थिए। उद्योग बन्द भएपछि पहिलोपटक मुख्य भवनको बाहिरी संरचनामा व्यापक सरसफाइ गरिएको हो। यसलाई उद्योग पुनर्जीवन अभियानको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।

सरकारले उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत, व्यवस्थापन र उत्पादन प्रणाली पुनःस्थापनाको प्रक्रिया अघि बढाइरहेका बेला स्थानीयले भने यसपटक योजना कार्यान्वयनमै पुग्ने अपेक्षा गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?