National life

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
1.1kShares
पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी
ncell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ ।

मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर जारी रहने जनाएको छ । नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको निरन्तर समन्वयका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुने मन्त्रालयको दाबी छ ।

मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा आम उपभोक्ताको दैनिक जीवन थप प्रभावित नहोस् भन्ने उद्देश्यले ग्यास आपूर्तिलाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा करिब दुई दिनसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो । त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा बन्द भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको एलपी ग्यास आपूर्तिमा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?