National life

लगातारको वर्षाले कृष्णभीरमा ग्याबियन वाल भासियो, नयाँ सडकमा पनि जोखिम

कृष्णभीरको वैकल्पिक ट्र्याक फेरि जोखिममा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ असोज २०८३, शुक्रबार
279Shares
लगातारको वर्षाले कृष्णभीरमा ग्याबियन वाल भासियो, नयाँ सडकमा पनि जोखिम
ncell

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएपछि नयाँ ट्र्याकसमेत जोखिममा परेको छ।

अविरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल केही तल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार पुरानो सडकको ग्याबियन वाल भासिएर तल खसेपछि त्यसको असर कृष्णभीरमा हाल सञ्चालनमा रहेको नयाँ ट्र्याकमा पर्न सक्ने प्राविधिकले बताएका छन्।

दाहालले नयाँ ट्र्याकभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको र यसले नयाँ ट्र्याकमा जोखिम निम्त्याउन सक्ने बताए।

Royal Enfield
nic asia capital

सडक विभागले पनि कृष्णभीरमा सडकको नदीतर्फ रहेको ग्याबियन वाल केही तल झरेको जनाएको छ। यद्यपि, हाल सञ्चालनमा रहेको सडकको माथिल्लो स्लोपमा भने कुनै समस्या नदेखिएको विभागको भनाइ छ। सडकको अवस्थाबारे प्रोजेक्ट टिमले निरन्तर निगरानी गरिरहेको विभागले जनाएको छ।

बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार लगातारको वर्षाका कारण नयाँ ट्र्याकलाई सपोर्ट गर्न बनाइएको ग्याबियनको केही भाग भासिएर खसेको हो। उनले तल्लो भाग नै भासिएकाले सडकमा जोखिम बढेको भन्दै उक्त बाटो भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग कटान गरेको थियो। सडक कटान भएपछि राजमार्ग लामो समय अवरुद्ध भएको थियो।

बाढीबाट क्षतिग्रस्त सडकखण्डमा नयाँ ट्र्याक निर्माण गरी गत असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो। तर, लगातारको वर्षासँगै नयाँ ट्र्याकलाई सपोर्ट गर्ने संरचनामै समस्या देखिएपछि सडक पुनः जोखिममा परेको हो।

यो समाचार शेयर गर्नुहोस्
279SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?