National life
cg eloctronics

बाढीले भासिएको कृष्णभिर सडक १० दिनमै खुल्यो, नयाँ ट्र्याकबाट ग्यास बुलेट गुडे

भासिएको भागभन्दा केही माथि भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरेर सडक सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ भदौ २०८३, आइतबार
2.3kShares
बाढीले भासिएको कृष्णभिर सडक १० दिनमै खुल्यो, नयाँ ट्र्याकबाट ग्यास बुलेट गुडे
muktinatha bikash bank

काठमाडौँ । त्रिशूली बाढीका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक मर्मत कार्य सुरु भएको १० दिनमै सञ्चालनमा आएको छ । सडकको भासिएको भागभन्दा केही माथि भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको हो ।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको थियो । सडक भासिएपछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात प्रभावित भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बाढीबाट क्षतिग्रस्त सडकलाई तत्काल सञ्चालनमा ल्याउन भासिएको भागभन्दा माथिल्लो क्षेत्रमा भित्तो कटान गरी नयाँ ट्र्याक निर्माण गरिएको हो । मर्मत कार्य सुरु भएको १० औँ दिनमै नयाँ ट्र्याकबाट सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था तयार भएको छ ।

आइतबार अपराह्न नयाँ ट्र्याक हुँदै ग्यास बुलेटहरू कृष्णभिर सडक पार गरेका छन् । ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट सुरक्षित रूपमा अघि बढाउन नेपाली सेनाको टोलीसमेत कृष्णभिर पुगेको थियो ।

everest bank

त्यस्तै, धादिङकी प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित अधिकारीहरूले समेत कृष्णभिर पुगेर सडकको अवस्थाको अवलोकन गरेका छन् ।

तत्कालका लागि भने नयाँ ट्र्याकबाट ग्यास बुलेट र ट्रकलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । सडकको अवस्था तथा सुरक्षा मूल्याङ्कनका आधारमा अन्य सवारीसाधन सञ्चालनबारे निर्णय गरिने जनाइएको छ ।

त्रिशूली बाढीपछि क्षतिग्रस्त सडकलाई छिटो सञ्चालनमा ल्याउन नयाँ ट्र्याक खोलिएसँगै पृथ्वी राजमार्ग हुँदै हुने अत्यावश्यक ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?