National life

उद्योग–व्यवसायको डेटा अब एक क्लिकमा, सरकारले ल्यायो नयाँ डिजिटल ड्यासबोर्ड

पारदर्शिता बढाउँदै सरकार: उद्योग र कम्पनीको तथ्याङ्क अब खुला पहुँचमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ असार २०८३, सोमबार
1.4kShares
उद्योग–व्यवसायको डेटा अब एक क्लिकमा, सरकारले ल्यायो नयाँ डिजिटल ड्यासबोर्ड
ncell

काठमाडौं । अब नेपालमा दर्ता भएका उद्योग, कम्पनी र फर्महरूको विवरण हेर्न घण्टौँ धाउनुपर्ने झन्झट हट्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई सहज रूपमा सूचना उपलब्ध गराउन नयाँ डिजिटल ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा सुरु गरिएको यस प्रणालीमार्फत अब कम्पनी, उद्योग र फर्म दर्तासम्बन्धी विवरणहरू दैनिक रूपमा रियल टाइममा अद्यावधिक हुने भएका छन्।

यसअघि देशभर दर्ता भएका उद्योग तथा कम्पनीहरूको यकिन विवरण सर्वसाधारणले सजिलै पाउन कठिन थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर नयाँ ड्यासबोर्ड सञ्चालनमा आएपछि आवश्यक तथ्याङ्कहरू अब सहजै हेर्न सकिने मन्त्रालयले जनाएको छ। सेवा प्रवाह र दैनिक गतिविधिबारे नागरिकलाई जानकारी दिनु नै यसको मुख्य उद्देश्य रहेको बताइएको छ।

मन्त्रालय परिसरमा स्थापना गरिएको यस प्रणालीमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रार कार्यालयका सूचना प्रणालीहरू एकीकृत गरिएका छन्। सम्बन्धित निकायहरूको डाटा ‘एपीआई’ मार्फत जोडेर रियल टाइम सूचना उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।

त्यसैगरी, आफ्नै डिजिटल प्रणाली नभएका कार्यालयहरूको विवरण पनि ‘डाइनामिक फर्म’ प्रयोग गरेर समावेश गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षदेखि प्रदेश तहमा हुने उद्योग तथा कम्पनी दर्ताका विवरणहरू समेत यसै प्रणालीमा समेट्ने तयारी गरेको छ।

यो पहलसँगै मन्त्रालयको काम थप पारदर्शी, व्यवस्थित र प्रविधिमा आधारित हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?