काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले आवेदकमध्ये तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखतबहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठ कार्यकारी निर्देशकका लागि सिफारिस भएका छन्।
कार्यकारी निर्देशक पदका लागि कुल ९ जनाले आवेदन दिएका थिए।
तीमध्ये समितिले तीन जनालाई छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको हो।
अब सिफारिस भएका तीनमध्ये एक जनालाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ।





































