काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो योजना प्रस्तुत गरिएको हो।
यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरणहरूको खरिदमा आकर्षक लक्की ड्र मार्फत विशेष उपहारहरू जित्न सक्नेछन्।
योजनाका प्रमुख आकर्षणहरू यस प्रकार रहेका छन्:
बम्पर लक्की ड्र : भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन्।
प्रत्येक १५ दिनमा गरिने लक्की ड्र : भाग्यशाली विजेताले कुनै पनि ५ वटा उपकरणहरूको बन्डल जित्न सक्नेछन्।
यस योजनामा सहभागी हुन ग्राहकहरूले सिजीका स्मार्ट घरायसी उपकरणहरूको खरिदपछि क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि सजिलै दर्ता गर्न सक्नेछन्।
सिजीको "Experience Life with CG" वार्षिक अभियानले ग्राहकको जीवनस्तर उकास्ने र दैनिक कार्यलाई सहज बनाउने कुरामा सधैँ जोड दिँदै आएको छ। यसैअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज 'सिजी मेरिडिया' ले अत्याधुनिक प्रविधि र विलासीपनको संयोजनमार्फत घरको शोभा बढाउँदै ग्राहकलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका यी उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शप का शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट (www.cgdigital.com.np, www.cginspiringlife.com) तथा आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिन्छ।
ग्राहकहरूको बिक्रीपछिको सेवालाई अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले 'CG cares' एप सञ्चालनमा ल्याएको छ। यस डिजिटल एप र देशभर छरिएका ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले भरपर्दो र उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
कम्पनीका अनुसार यो योजना भाद्र २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ।थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न तथा थप सहज सेवाका लागि प्ले स्टोर वा एप स्टोरबाट 'CG cares 'एप डाउनलोड गर्न सकिनेछ।
































