काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा र सञ्चालन आम्दानी दुवैमा वृद्धि गरेको छ। होटलले समीक्षा अवधिमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२० प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा होटलले १२ करोड ३५ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
होटलको सञ्चालन आम्दानी पनि १४.८९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ७९ लाख ४० हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७२ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको हो।
व्यवसाय विस्तारसँगै होटलको कुल खर्चमा समेत वृद्धि भएको छ। समीक्षा अवधिमा कुल खर्च १४.३३ प्रतिशतले बढेर ५५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ४८ करोड ३८ लाख ४९ हजार रुपैयाँ थियो।
होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ४२९.२० गुणा कायम भएको छ।
१ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ चुक्तापुँजी रहेको होटलको सञ्चित नाफा तथा जगेडा कोषमा २ अर्ब ३४ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको छ।


































