National life

नागढुङ्गा–सिस्नेखोलाको मुख्य सुरुङ मार्गको 'ब्रेक थ्रु', सञ्चालमा आउन समय लाग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
735Shares
नागढुङ्गा–सिस्नेखोलाको मुख्य सुरुङ मार्गको 'ब्रेक थ्रु', सञ्चालमा आउन समय लाग्ने
ncell

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ मार्गको आज (सोमबार) ब्रेक थ्रु भएको छ। आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर विस्फोट गराई मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङ मार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउन महिनामै ब्रेक थ्रु भइसकेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजना निर्माणको सुरुआती सम्झौता अनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो। आयोजनामा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभर पास, तीन वटा पुल ९ब्रिज० र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाका प्रमुखले जानकारी दिएका छन् । नागढुङ्गा सुरुङ निर्माण परियोजना समितिको जानकारी अनुसार सुरुङ मार्गबाट सवारी चल्न भने थप एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकनमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौँको बलम्बु हुँदै धादिङको सिस्ने खोलासम्म ३ मिनेटमै आऊ–जाऊ गर्न सकिने आयोजनाको दाबी छ । आपत्कालीन सुरुङबाट मुख्य सुरुङमा आऊ–आऊको निमित्त सात वटा ढोकाहरू छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपत्कालीन सुरुङ निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
735SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?