National life

नारायणगढ–मुग्लिङ सडक खण्ड थप तीन साता बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
694Shares
नारायणगढ–मुग्लिङ सडक खण्ड थप तीन साता बन्द हुने
ncell

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द हुने भएको छ । उक्त सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकोले पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गर्न थालिएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको जानकारी दिएका छन्।

थापाका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको हो। सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरे अनुरुप काम भइरहेको उनले जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?