National life

नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
611Shares
नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने
ncell

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।

तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।

यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुलमध्ये यहीँ तुइन खोलाको पुलको काम मुख्य रुपमा बाँकी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अन्य धेरैजसो पुल सञ्चालनमा आएका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।

दैनिक ४ घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड माघ १ गते भने दिनभर नै खुला रहने आयोजनाले जनाएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले सूचना निकालेर जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?