काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश आर्थिक मन्दीमा गएको विश्लेषण गरेका छन् । उनले देशको अर्थतन्त्र मन्दीको अवस्थामा रहँदा त्यसलाई जिम्मेवारी लिनुपर्नेहरुले भने स्वीकार नगरेको आरोप लगाएका हुन्।
दुई आर्थिक वर्ष बजेट घाटामा जानु भनेको आर्थिक मन्दीमा जानु भएपनि तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले त्यसमा चासो नदिएको पौडेलको आरोप छ ।
आजबाट सुरु भएको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामा बोल्न पुगेका उनले खर्च कटौतिमा तत्कालिन अर्थमन्त्री महतको ध्यान नपुगेको औँल्याएका छन् ।
त्यस्तै, किसानले पाउँनु पर्ने ६ अर्ब रुपैयाँ भुक्तानी अलपत्र परेको भन्दै उनले निजी क्षेत्र समेत त्यस्तै दलदलमा फसेको बताएका छन् । एकातिर निर्माण व्यवसायीहरूको अर्बौ भुक्तानी हुन नसकेको र ऋण खोजेर सरकारले खर्च चलाउँनु पर्ने दयनिय स्थिती सिर्जना भएको स्पष्ट पारेका हुन् ।


































