National life

आर्थिक मन्दीको प्रभाव :४ महिनाको अवधिमा १२ हजार बढी चेक बाउन्सका कारण कालोसूचीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
1.3kShares
आर्थिक मन्दीको प्रभाव :४ महिनाको अवधिमा १२ हजार बढी चेक बाउन्सका कारण कालोसूचीमा
ncell

काठमाडौं । आजभोलि बैंक तथा वित्तीय कम्पनीहरूमा चेक अनादर अर्थात् चेक बाउन्सका घटना बढ्न थालेका छन् । प्रविधिमा आएको परिवर्तनले अचेल मोबाइल बैकिंकको प्रयोग धेरै भए तापनि चेकको कारोबारमा भने कमी आएको देखिँदैन ।

धेरै नगद रकम बोकेर हिँड्दा चोरी हुने वा झन्झटिलो हुने भएको कारण पनि मानिसहरू चेक बोकेर हिँड्ने गर्छन् । चेक मार्फत गरिने कारोबार सुरक्षित हुने कारणले गर्दा पनि यसको प्रयोग धेरै गर्ने चलन छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा क्यासको कारोबार कम हुने गरेको र बैङ्किङ कसुरअन्तर्गत खातामा पर्याप्त रकम नभई पनि भुक्तानीका लागि चेक काट्ने र दिने घटना दिन प्रतिदिन बढ्न थालेको हो ।

यसरी दैनिक रूपमा बैंक तथा वित्तीय कम्पनीहरूमा चेक अनादर हुनुको मुख्य कारण नै आर्थिक मन्दी र अर्थतन्त्रमा देखिएको शिथिलता हो । आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको तथ्याकं अनुसार चेक बाउन्सका कारण मात्रै १२ हजार बढी कालोसूचीमा परेका छन्।

प्रहरीले चेक बाउन्सका मुद्दा हेर्न थाले पनि चेक दुरुपयोगका घटना घटेका छैनन् बरु बढेको बढ्यै छन्। सूचना प्रविधिको उपयोग गरी अन्तर्राष्ट्रिय रूपमा सञ्जाल तयार भई बैंकिङ कसुरको प्रभाव पनि बढिरहेका छन्।

चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको सङ्ख्या बढिरहेको अवस्था छ। यो पछिल्लो समय नेपालमा बढ्दै गएको फरक खालको आर्थिक अपराध पनि हो।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालतको तुलनामा सर्वोच्च अदालतबाट सफाइ पाउनेको सङ्ख्या भने धेरै छ। महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदनअनुसार पछिल्लो ५ वर्षमा सर्वोच्च अदालतले बैंकिङसम्बन्धी १४७ वटा मुद्दाको फैसला गर्दा ५७.१५ प्रतिशत अर्थात् ८४ मुद्दामा कसुर ठहर गरेको छ भने ३६.०५ प्रतिशत अर्थात् ५३ मुद्दामा सफाइ दिएको छ।

कर्जा सुचना केन्द्रले आर्थिक भ्वाइसलाई उपलब्ध गराएको तथाङ्कलाई हेर्ने हो भने पछिल्लो चार महिनामा चेक बाउन्सका कारण मात्रै १२ हजार २ सय ८१ जना कालोसूचीमा परेका छन्। त्यसमध्येमा साउन महिनामा ४ हजार ४ सय ६० जना, भदौ महिनामा ३ हजार ३ सय २१ जना, असोज महिनामा ३ हजार ३७ सय जना र कार्तिक महिनामा २ हजार जना गरेर १२ हजार २ सय ८१ कालोसूचीमा परेका छन्।


त्यस्तै लोन डिफल्ट अन्तर्गत साउन महिनामा ७ सय ९३ वटा , भदौ महिनामा ५ सय ७० वटा असोज महिनामा ८ सय ९८ वटा र कार्तिक महिना महिनामा ४ सय ४८ वटा कालोसूचीमा परेका छन्।

कर्जा सुचना केन्द्रका प्रवक्ता बिजय कुवरका अनुसार आर्थिक बर्ष २०८०/ ८१ यता मङ्सिर १५ गते सम्ममा लोन डिफल्ट र चेक बाउन्सको गरि १७ हजार ३ सय ४३ जना कालोसूचीमा परेका छन् । त्यसमध्येमा श्रावण महिनामा ५२५३ वटा, भाद्र महिनामा ३८९१ वटा असोज महिनामा कार्तिक महिनामा २४४८ र मङ्सिर महिनामा १ गतेदेखि १५ गतेसम्म १८१६ वटा कालोसूचीमा परेका छन्।

https://aarthikvoice.com/archives/8606

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?