National life

मेडिकल काउन्सिलको रजिस्टारमा देव नियुक्त सहित यी हुन मन्त्रिपरिषद्का १७ निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
745Shares
मेडिकल काउन्सिलको रजिस्टारमा देव नियुक्त सहित यी हुन मन्त्रिपरिषद्का १७ निर्णय
ncell

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार पदमा सरकारले डा.सतिसकुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देवलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएकी छिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबिचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत्सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थ सचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रम मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/02/1709033081_50.pdf"]

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?