National life

विदेशी ब्रान्डको ट्रेडमार्क उल्लङ्घन गर्ने ११ नेपाली उद्योगलाई ७ दिने अल्टिमेटम

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०४ चैत २०८२, बुधबार
2.3kShares
विदेशी ब्रान्डको ट्रेडमार्क उल्लङ्घन गर्ने ११ नेपाली उद्योगलाई ७ दिने अल्टिमेटम
ncell

काठमाडौं। नेपालमा आफ्नो ट्रेडमार्क चोरी भएको आरोप लगाउँदै कोकाकोला, जुम, ह्युगो बोस जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी दर्ता गरेपछि उद्योग विभागले सम्बन्धित स्थानीय कम्पनीहरूलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

अघिल्लो पटक विभागले पठाएको म्यादसम्बन्धी पत्रबारे कुनै जवाफ नआएपछि, हाल ११ वटा नेपाली कम्पनीलाई सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र लिखित प्रमाणसहित उपस्थित हुन अल्टिमेटम दिइएको हो।

विभागका अनुसार, उजुरी परेका कम्पनीहरूलाई पहिले नै ‘संक्षिप्त कार्यविधि ऐन, २०२८’ अनुसार म्यादसहित जानकारी दिइएको थियो। तर, उनीहरूले कुनै जवाफ पेश नगरेको र म्यादभित्र प्रतिक्रिया नआएका कारण विभागले सार्वजनिक सूचना मार्फत कडा चेतावनी जारी गर्नुपरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

'सार्वजनिक मितिबाट सात दिनभित्र कानुन शाखामा लिखित जवाफ नआए कानुनअनुसार एकतर्फी कारबाही अघि बढाइनेछ', सूचनामा उल्लेख छ। सूचीमा उल्लिखित सबै उजुरी ‘ट्रेडमार्क दाबी विरोध’सँग सम्बन्धित छन्।

उल्लेखनीय उजुरीहरूमा अमेरिका स्थित द कोकाकोला कम्पनीले सुनसरीको प्रिमियर अर्गान्स प्रालि विरुद्ध ‘पलपल कोला’, पाथिभरा फुड एन्ड प्याकेजिङ उद्योगविरुद्ध ‘कुल कोला’ र ‘सुपर फ्यान्टास्टिक’ उत्पादनको विषयमा उजुरी दर्ता गराएको छ।

त्यस्तै, भिडियो कलिङ एप जुम (जुम कम्युनिकेसन्स, अमेरिका)ले झापाको कविश मार्केटिङ प्रालिको ‘कविश जुम कस्मेटिक्स’ उत्पादनविरुद्ध ट्रेडमार्क चोरीको मुद्दा दायर गरेको छ। जर्मनीको लक्जरी ब्रान्ड ह्युगो बोसले झापाकै इमानुर फेसन वेयर इन्डस्ट्रिजको ‘बास’ प्रयोगविरुद्ध उजुरी पेश गरेको छ।

यसैगरी, टर्नर इन्टरटेनमेन्ट (अमेरिका)ले चितवनको नौलो फुड्स इन्डस्ट्रिजको ‘किङकर्न लोटरी’ र भक्तपुरको पवित्रा लक्ष्मी फुड प्रोडक्ट्सको ‘जेरिज कोन’ उत्पादनविरुद्ध उजुरी गरेका छन्।

इनर्जी ब्रान्ड्स (अमेरिका)ले रुपन्देहीको एक्वा नेपाल बिसलेरी र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेजको उत्पादित पेयमा उजुरी दायर गरेको छ।

न्युजिल्यान्डको आउटडोर ब्रान्ड काठमाडौं लिमिटेडले ओम मंगलाकाली टेक्सटाइलको ‘द ओन काठमाडौं’ र ट्रेक बाइसाइकल (अमेरिका)ले वीरगञ्जको टर्बो ट्रेकलाई ट्रेडमार्क उल्लङ्घनको उजुरी दिएको छ।

नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको महत्व बढ्दै गए पनि, स्थानीय स्तरमा विदेशी ब्रान्डसँग मिल्दोजुल्दो नाममा उत्पादन बिक्री गर्ने प्रवृत्ति कायमै देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?