National life

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
685Shares
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो
ncell

काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुन: विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुन: सुचारू भइसकेको छ ।

नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत पुगेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुन सूचारु गरिएको थियो ।

बाढीबाट सबैभन्दा प्रभावित रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको छ । उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १, २, ३ बाहेक जिल्लाको बाँकी सबै क्षेत्रमा विद्युत सेवा सुचारू गरिएको प्रवक्ता शाक्यले बताए ।

उनकाअनुसार राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत सेवा क्रमशः सुचारू भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?