National life

अस्वस्थ प्रतिस्पर्धाले खस्किदै बीमा व्यवसाय, इनोभेटीव प्रोडक्ट नभए स्विकृत नगर्ने प्राधिकरणको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
405Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी दिनमा बीमा कम्पनीहरुको प्रोडक्ट (बीमालेख) नवीन खालका (इनोभेटिव) नभए स्वीकृत नगर्ने भएको छ । बीमा कम्पनीहरुले पुरानै शैलीको प्रोडक्ट बेच्दा व्यवसाय डाउन ट्रेण्डमा लागेको र त्यसले बीमितहरुमा समेत ह्वात्तै आकर्षण घटाएको भन्दै प्राधिकरणले यस्तो व्यवस्था गर्न लागेको हो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुले अब पनि पुरानै प्रोडक्ट बेच्ने प्रयास गरेमा त्यसले बीमितमा आकर्षण नबढाउनाले र बीमा कम्पनीहरुको व्यवसाय वृद्धिमा असहयोग पुग्ने बताएका छन् । अहिले बीमा कम्पनीहरुले पनि आफ्ना कतिपय राम्रा प्रोडक्टहरुको बिक्री कम भएको खुलासा गरेका छन् ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
त्यसरी व्यवसाय घटेका कम्पनीहरुको प्रोर्टफोलियो हेर्दा बीमा कम्पनीहरुका पुराना प्रोडक्टहरु बेच्दा नकारात्मक नतिजा आएको देखिन्छ ।

यता बीमा प्राधिकरणले बीमा बजार पहिलेको तुलनामा परिवर्तन भएको उर्दी जारी गरिरहेको छ। बीमा कम्पनीहरुले नयाँ किसिमका प्रोडक्ट सिर्जना गर्नुको साटो अन्य कम्पनीकै प्रोडक्टमा सामान्य हेरफेर गरेर बेच्ने गरेको आरोप लगाउदै आएको छ ।

अस्वस्थ प्रतिस्पर्धा हावी हुँदा नयाँ प्रोडक्ट आउँन कठिनाई

अहिले बीमा बजारमा बीमा कम्पनीहरुलाई व्यवसाय कसरी बढाउने भन्ने मात्रै चिन्ता छ । त्यस्तै चिन्ताले गर्दा बीमा सेवा भन्दा पनि व्यापार बन्न पुगेको प्रशस्तै तथ्यहरु पनि बेला बेलामा फेला पर्ने गरेका छन् । त्यस्तो तथ्यको गतिलो उदाहरण बीमा बजारमा चलिरहेको प्रतिस्पर्धाको होडबाजी पनि हो । पुराना बीमा कम्पनीले जारी गरेका पुराना पोलिसी जुनमा आकर्षण बढी छ त्यही पोलिसी अन्य कम्पनीले पनि कपी पेस्ट गर्ने गरेका छन् ।

एकातर्फ नियामक निकायको रुपमा नेपाल बीमा प्राधिकरणले कपी गरिएका र पुरातन शैली झल्किने कुनै पनि प्रोडक्टलाई स्वीकृती नदिने भनिरहेको छ भने अर्कोतर्फ फेरी बीमा कम्पनीहरुले ल्याएका पुराना प्रोडक्टलाई आफैले स्वीकृती समेत दिइरहेको छ । यस्तो अवस्थाले बीमा कम्पनी र प्राधिकरणको कतै मिलेमतोमा नै बीमितहरुले नयाँ प्रोडक्टको अनुभव गर्ने, नयाँ सेवा सुविधा पाउँने मौकाबाट टाढा बस्नु परेको त् होइन भन्ने प्रश्न खडा भएको छ।

पुराना कम्पनीका चलेका प्रोडक्ट दोहोराएर त्यही प्रकृतिका प्रोडक्ट बेच्न केही बीमा कम्पनीहरु तम्सिदा त्यसमा बीमितहरुको आकर्षण घटेको बीमा क्षेत्रका विज्ञहरु बताउँछन् । उनीहरुले बीमितको आवश्यकता तथा बजारको माग भन्दा बीमा कम्पनीहरुले बेचिरहेको प्रोडक्ट भिन्दै भएकाले पनि बीमा व्यवसायको ग्रोथ फलदायी नरहेको सुझाव दिएका छन् ।

यता बीमा कम्पनीका सीईओ तथा संचालकहरुले बीमा प्राधिकरणको तर्फप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले लगानीको दायरा साधुरो हुँदा र बीमा कम्पनीले आफ्नो प्रोडक्टमा सिर्जनशिलता झल्काउने स्पेस साँघुरो हुँदा यस्तो नतिजा आउने गरेको बताएका छन् । बीमा प्राधिकरणले मौखिक रुपमा नयाँ, इनोभेटीव प्रोडक्ट माग गरे जस्तो गरे पनि वास्तविकतामा भने त्यसको लागि आवश्यक बाताबरण तयार नगरेको र पुरानै प्रोडक्टलाई स्वीकृति दिन रुचाउने गरेको बीमा कम्पनीहरुले गुनासो गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका बीमालेख शाखाका एक कर्मचारीले भने,‘नयाँ प्रोडक्ट ल्याए त बीमा कम्पनीकै व्यापार बढ्ने हो ।

Royal Enfield
सबै नागरिकहरुले चाहेको पनि त्यस्तै छ । अब बीमा प्राधिकरणलाई पनि बीमाको पहुँच बढ्दा राम्रै हुन्छ । सभा समारोहमा त नयाँ प्रोडक्टको चर्कै बहस हुने गर्छ तर वास्तविकतामा चाही पुरानै चलाई रहेका छन् । बीमाको व्यापारमा पनि आकर्षण आउँने कुरामा त यसले ठूलै प्रभाव पार्छ जस्तो मलाई लाग्छ ।’

बीमा कम्पनीहरुले पुरानो प्रोडक्ट बेच्दा त्यसको असर निर्जीवन बीमा कम्पनीमा भन्दा पनि जीवन बीमा कम्पनीमा बढी देखिएको छ । उनीहरुले सावधिक, आजीवन, दम्पत्ती बीमा, बालबीमा, जीवन समृद्धि बीमा, धन लक्ष्मी, धन समृद्धि बीमालेख बिक्री वितरण गर्दै आएका छन् । ती अधिकांश बीमालेख बीमा कम्पनीहरुको स्थापना कालदेखि चलिएका हुन् भने त्यसको आकर्षण विगतमा राम्रो रहे पनि अहिले त्यसमा व्यापक फेरबदल आएको अवस्था छ । त्यस्तै, बीमा कम्पनीले हाल संचालन गरेका प्रोडक्टहरुको प्रकृती उस्तै किसिमका रहेका छन् । प्रोडक्टको प्रकृती उस्तै हुनु र त्यही प्रोडक्ट धेरै वटा बीमा कम्पनीले बेच्दा नागरिकहरुको आकर्षण बढ्नु पर्ने ठाउँमा उल्टै घट्न थालेको अवस्था छ ।

अहिले बीमा कम्पनीहरु मर्जरमा गएर १४ वटा जीवन र १४ वटा निर्जीवन गरी जम्मा २८ वटा बीमा कम्पनीहरु बजारमा छन् । उक्त कम्पनीहरु ३९ वटाको संख्याबाट घटाएर २८ कायम गरिएको हो । नियामकीय निर्देशन अनुसार जीवन बीमाको पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमाको दुई अर्ब पचास करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नु पर्ने व्यवस्थ गरिएसँगै बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका थिए ।

मर्जरका कारण बीमा कम्पनीको चुक्ता पूँजीको आकार मात्रै ठूलो नभई त्यसबाट बीमाशूल्क आर्जन, समग्र बीमा व्यवसायको आकार, बीमितले पाउँने सेवा सुविधा र बीमा कम्पनीहरुमा नयाँ सिनर्जी आउँने बीमा प्राधिकरणको अपेक्षा थियो । अहिले मर्जरले नयाँ सिनर्जी दिन ढिलाई गर्ने संकेत देखिएसँगै बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँग कडाईका साथ इनोभेटीभ प्रोडक्ट माग गर्ने तयारी गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?