National life

आईएमई लाइफद्वारा एजेन्सि लिडरहरुलाई सम्पति सुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
884Shares
आईएमई लाइफद्वारा एजेन्सि लिडरहरुलाई सम्पति सुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
ncell

काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सि लिडरहरुलाई नेसनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ ।

जीवनबीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवम रोकथाम र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका एवम निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून पालनाले कम्पनीको सुशासन सवल बनाउन र ग्राहकको विश्वास बढाउन सहयोग पुर्याउने कम्पनीको विश्वास रहेको छ ।

तालिम कार्यक्रमको समापनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्पूर्ण अभिकर्ताहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरुलाई पूर्णरुपमा पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?