काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीलाई बोर्डले पुस २५ गते शेयर निष्काशनका लागि अनुमति दिएको हो ।
कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि बोर्डले अनुमति प्रदान गरेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।


































