National life

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
2.5kShares
एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड ले कम्पनीमा कार्यरत एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरेको छ। कम्पनीले आफ्नो सफ्टवेयर प्रणालीमा पहुँच प्रदान गर्दै एजेन्सी मेनेजरहरूलाई घर वा कार्यालयबाटै बीमा प्रस्ताव पेश गर्न सक्ने सुविधा उपलब्ध गराएको हो।

कम्पनीका अनुसार एजेन्सी मेनेजरहरूले सफ्टवेयर सिस्टमभित्र रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफूले संकलन गरेको बीमा प्रस्ताव स्वीकृतिका लागि कम्पनीमा पेश गर्न सक्नेछन्। आवश्यक कागजात तथा विवरण एजेन्सी पोर्टलमा अपलोड गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ प्रक्रिया अघि बढाउनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवश्यक प्रक्रिया पूरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यो व्यवस्थासँगै अब एजेन्सी मेनेजरहरूलाई बीमा प्रस्ताव स्वीकृतिका लागि कम्पनी कार्यालयमा पुग्नै नपर्ने भएको छ। उनीहरूले घर वा आफ्नै एजेन्सी कार्यालयबाटै आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्, जसले बीमा प्रस्ताव स्वीकृतिको प्रक्रिया छिटो, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल का अनुसार एजेन्सी मेनेजरलाई अन्डरराइटिङ प्रक्रियामा आंशिक रूपमा सहभागी गराउने उद्देश्यले यस्तो सुविधा सुरु गरिएको हो। निश्चित मापदण्ड तथा शर्तहरू पूरा गरेका एजेन्सी मेनेजरहरूलाई मात्रै यो प्रणालीमा पहुँच प्रदान गरिने उनले जानकारी दिए।

यसैगरी, एजेन्सी पोर्टलमार्फत एजेन्सी मेनेजरहरूले आफ्नो व्यवसायसँग सम्बन्धित विभिन्न प्रतिवेदन तथा विवरणहरू पनि हेर्न सक्ने व्यवस्था गरिएको छ। आगामी दिनमा यस्ता डिजिटल सेवाहरूलाई थप विस्तार गर्दै कम्पनीको सेवा प्रणालीलाई अझ प्रविधिमैत्री बनाउने योजना रहेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?