National life

एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गर्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ वैशाख २०८०, बिहिबार
1.1kShares
एनएलजी इन्स्योरेन्सले १ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गर्यो
ncell

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले १७ करोड ७४ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो नाफा १७ करोड ०७ लाख थियो । नाफा यो अवधिमा करीब ४ प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले ९ महिनामा १ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्ष कुल बीमा शुल्क आर्जन तेश्रो त्रैमाससम्म १ अर्ब ७७ करोड थियो । त्यस्तै कम्पनीले ७० करोड ३९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

१ अर्ब ६१ करोड कुल दाबी भुक्तानी गरेको कम्पनीको १ अर्ब १२ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

१ अर्ब ४५ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २४ करोड ४४ लाख रहेको छ । बीमा कोषमा १ अर्ब २३ करोड संचित छ । एक वर्षको अवधिमा बीमाकोष ११ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १६ रुपैयाँ २१ पैसा र प्रति शेयर नेट्वर्थ २०५ रुपैयाँ ८९ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?