National life

एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, कुन शिर्षकमा कति छुट्टियो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
623Shares
एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, कुन शिर्षकमा कति छुट्टियो ?
ncell

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने र बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

त्यस्तै गत आवको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोनस सेयरका लागि २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ छुट्याएको कम्पनीले कर प्रयोजनका लागि नगद स्वरुप १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ । बोनस दिएपछि ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ हुनेछ।

प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको यो निर्णय बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयन हुने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?