National life

क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो: पहिलो दिनमै ४ लाख ६५ हजार बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
810Shares
क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो: पहिलो दिनमै ४ लाख ६५ हजार बढी
ncell

काठमाडौँ।  क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदनको ओइरो लागेको छ । आजबाट बिक्रीमा आएको उक्त कम्पनीको आइपीओमा ४ लाख ६५ हजार ४८८ जना आवेदकले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएका छन्।

यो आवेदन मागभन्दा ३.१७ गुणाले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अगाडि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपीओ बाड्फाड गरेको यस कम्पनीले (आज) फागुन २२ गतेदेखि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले फागुन २६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
810SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?