National life

जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर,कुन कम्पनीबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
628Shares
जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर,कुन कम्पनीबाट कति ?
ncell

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा जीवन बीमा कम्पनीबाट ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार ७ महिनाको अवधिसम्म ६२ हजार ५२३ वटा बीमालेख समर्पण भएको हो ।

यस अवधिमा सबैभन्दा बढी एलआइसी नेपालबाट पोलिसी सरेण्डर भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीबाट १५ हजार ३६२ बीमालेख बापत २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको छ । यो रकम कुल सरेण्डर रकमको ३०.२४ प्रतिशत रकम हो । यस अवधिसम्म कम्पनीले ११ अर्ब १७ करोड ०९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

https://aarthikvoice.com/archives/53326

त्यस्तै, नेपाल लाइफबाट पनि सो अवधिसम्म १४ हजार २५ वटा बीमालेख बराबरको २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । यो रकम कुल सरेण्डर रकमको २७.५० प्रतिशत रकम हो ।

यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ८ हजार ४९१ वटा बीमालेख बराबरको ७८ करोड ६४ लाख रुपैयाँ, नेशनल लाइफबाट ३ हजार ७२० वटा बीमालेख बराबरको ५५ करोड १५ लाख रुपैयाँ, एशियन लाइफबाट ५ हजार १११ वटा बीमालेख बराबरको ५४ करोड १९ लाख, सुर्यज्योति लाइफबाट ३ हजार ४८३ वटा बीमालेख बराबरको ४६ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफबाट ४ हजार १३७ वटा बीमालेख बराबरको ३७ करोड ८१ लाख रुपैयाँ, मेट लाइफबाट २ हजार ९५ वटा बीमालेख बराबरको २४ करोड १२ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफबाट १ हजार ७७ वटा बीमालेख बराबरको १५ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

https://aarthikvoice.com/archives/55499

त्यस्तै, सिटिजन लाइफबाट १ हजार ६६० वटा बीमालेख बराबरको १४ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफबाट ८८२ वटा बीमालेख बराबरको १२ करो ४६ लाख रुपैयाँ, आइएमई लाइफबाट १ हजार ७३ वटा पोलिसी बराबरको १२ करोड ३१ लाख, रिलायबल नेपाल लाइफबाट ९६५ वटा बीमालेख बराबरको ६ करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफबाट ४४२ वटा बीमालेख बराबरको ४ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?