काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले आजदेखि ६ हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।
कम्पनीले बिक्रीमा ल्याएको यो शेयर संस्थापक सेयरधनीका साथै अन्य व्यक्तिले समेत बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धक माछापुच्छ्रछे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

































