National life

नेशनल लाईफद्धारा लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
693Shares
नेशनल लाईफद्धारा लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सम्मान
ncell

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्बिनी प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको  बताएका छन् । उनले यो कार्यक्रम मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए साथै अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको जानकारी गराए ।

उनले, अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्यले सिइओ क्लबको धारणा ल्याएकोमा नेपालभर बाट २००० जना भन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । समारोहमा सिइओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?