National life

नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१८ माघ २०८२, आइतबार
875Shares
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
ncell

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यवसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाई १ दिने तालिम प्रदान गरेको छ ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुलाइ धुलिखेल स्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए । उनले, विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए ।

कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृती राज कडेलले कम्पनीमा आवद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाइ व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । साथै उनले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाइ मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशिल प्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरि प्रतिस्पर्धात्मक बजारमा आफुलाइ अब्बल साबित गर्न सक्ने बताए ।

कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बीमा ब्यवसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाइ अगाडि बढाउने बताएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?