National life

प्राइम, युनियन र गुराँसबीच हालसम्मकै सबैभन्दा ठूलो मर्जर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ वैशाख २०८०, बुधबार
1KShares
प्राइम, युनियन र गुराँसबीच हालसम्मकै सबैभन्दा ठूलो मर्जर
ncell

काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।

२०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले एक वर्षको अवधीमा मर्जर प्रक्रिया पूरा गरी आजबाट हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भ गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भई नयाँ जीवन बीमा कम्पनीको रुपमा हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अध्यक्ष सिलवालले आजको घटना नेपाली जीवन बीमा कम्पनीहरुका लागि ऐहिासिक भएको बताए ।

प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी मिलेर सात अर्ब ७० करोड चुक्ता पुँजि भएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी गठन गरिएको छ ।

कार्यक्रममा नयाँ बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कर्णले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा नेपालकै नम्वर वान कम्पनी बनेर बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?