National life

बिमीतले निजी र सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैँ तिर्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
600Shares
बिमीतले निजी र सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैँ तिर्नुपर्ने
ncell

काठमाडौं- स्वास्थ्य बिमा बोर्डले निजी र सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने जनाएको छ।

स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए।

उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ। यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो। बोर्ड पनि पुनः कार्यविधि संशोधन गरेर सरकारी र निजी तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए। गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो।

कार्यकारी निर्देशक डा. बसौलाका अनुसार सहभुक्तानीले १५ शैयासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन। संघीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल,मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?