National life

बीमा इन्टरनेशनल पिल्लर अफ लाइफ रहेछ:नेशनल लाइफकी अभिकर्ता सुश्मा प्रधान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
1.4kShares
बीमा इन्टरनेशनल पिल्लर अफ लाइफ रहेछ:नेशनल लाइफकी अभिकर्ता सुश्मा प्रधान
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्समा विगत १६ वर्षदेखि निरन्तर जीवन बीमा गराउँदै आएकी सक्रिय अभिकर्ता (सिनियर एजेन्सि म्यानेजर) हुन्,‘सुश्मा प्रधान्’। उनले लामो समयदेखि जीवन बीमा व्यवसायलाई नियाल्ने मौका मात्र पाएकि छैनन् कैयौँ बीमितहरुको जोखिमलाई बीमामा जोडेर एक किसिमको पुण्य समेत कमाईरहेकी छिन् ।

नेशनल लाइफ इन्स्योरेन्सबाट आफ्नो यात्रा आरम्भ गरेकी प्रधानले सुरुवाती दिनमै नेशनल लाइफबाट बीमा क्षेत्रको यात्रा प्रारम्भ गरेकी थिइन भने हालसम्म पनि उनी सोही कम्पनीमा कार्यरत छिन् ।

साथीहरुको सल्लाहले बीमामा प्रवेश

प्रधानले आफू आफ्ना साथी संगीहरुकै सल्लाहका कारण बीमा क्षेत्रमा जोडिन आइपुगेको बताउँछिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अघि उनले केही बजारीकरणको काम गर्दै आएको र त्यति बेला नै आफ्नो जन सम्पर्क राम्रो रहेको बताएकी छिन् । पहिलो पटक उनको पाईला नेशनल लाइफमा गएर अड्डीएको थियो भने उनले एकै कम्पनीमा कम्तीमा डेढ दशकको अनुभव हाँसिल गर्ने अवसर पनि प्राप्त गरिन । राजधानीस्थित असनकी उनले सरकारी प्रोजेक्टमा समेत कार्य अनुभव हाँसिल गरेकी थिइन ।

अन्य पेशाभन्दा बीमा नै ठिक

उनले अन्य पेशा व्यवसाय गरे पनि उनलाई बीमा पेशा नै निकै ठिक लाग्छ । अन्य पेशा व्यवसायमा समयको पाबन्दी हुने भए पनि बीमा क्षेत्रमा काम गर्ने जो कोहीले एक किसिमको स्वतन्त्रता पाउँने उनको अभनुव छ । आफूले रुचाएको र आफूलाई सहज भएको समयमा नै बीमा गराउँन पाइने भएकाले पनि उनलाई बीमा अभिकर्ता पेशा निकै मन पर्छ । मुख्यतय आफूले आफ्नो मेहनतका साथ नागरिकलाई खुशी पार्न पाइने र सेवा दिने सुनौलो अवसर बीमा अभिकर्ता पेशामा प्राप्त हुने उनले सुनाइन । बीमा पेशाले व्यवसायीक ढंगले मात्र काम गर्ने नभई यो पेशाले नागरिकहरुमा समाज सेवा गर्ने मौका दिने भएकाले बीमाको यो पक्ष उनलाई निकै सुन्दर लाग्ने गर्छ । सिमित समयमा भन्दा अथाह समयमा काम गर्दा त्यसबाट पनि आफूलाई अथाह प्रतिफल हात पर्नेमा उनले विश्वास व्यक्त गरेकी छिन् ।

बीमासँग जोडिएको रोचक पक्ष 

अभिकर्ता प्रधानले हालसम्म बीमा गराउँदा आफैले बीमा गराएका बीमितहरुले आफ्नो बीमा अवधि सक्किएपछि बीमांक रकम हात पार्दा उनलाई धन्यवाद दिने गरेका छन् । उनलाई अधिकांश साथीहरुले आफ्ना टिफिन खाने (खाजा खर्च) लगेर १०,१२ वर्षपछि एकमुस्ट बीमांक रकम फिर्ता गरेको भन्दै धेरै खुशी लाग्ने गरेको उनले बताएकी छिन् । अहिले आएर धेरै जना साथीहरु निकै खुशी भएको र अझै मोटो रकमकै बीमा सकेसम्म गर्दा फाइदा हुने अनुभव उनीसँग साट्ने गरेका छन् ।

विभिन्न उपाधी पाउँन सफल

अभिकर्ता प्रधानले बीमा क्षेत्रको गरिमा मानिने उपाधी एमडीआरटी चार पटक प्राप्त गरेकी छिन् । उनले सन् २०२० देखि निरन्तार २०२४ सम्म लगातार एमडीआरटीको उपाधि हात पारिने । उनले यस बिचमा आफूले कम्तीमा पनि चार,पाँच वटा देश जाने अवसर पाएको बताइन् । प्रधानले थाइल्याण्ड, बालि, सिंगापुर, मलेशिया लगायतका देशमा बीमाकै कारण घुम्न पाइन ।

युवाहरुलाई सन्देश

उनले बीमा पेशामा जोडिन चाहने जो कोहीलाई यो पेशा निकै सम्भावना नै सम्भावना रहेको पेशाको रुपमा चित्रण गरेकी छिन् । उनले विदेश गएर दु:ख पाउँनुभन्दा पनि आफ्नो स्वदेशमा मेहनत गर्नुपर्ने बताएकी छिन् । उनले बीमा क्षेत्रको यात्रा आरम्भ गर्दै गर्दा बीमाको पहुँच जम्मा ७ प्रतिशत मात्रै रहेको थियो । अहिले बीमाको पहुँच निकै बिस्तार भएको छ । उनले यस्तो अवस्थामा आफूहरुलाई बीमा विगतको तुलनामा बीमा बुझाउँन निकै सहजता भएको बताएकी छिन् । अहिलेको दिनमा बीमा गराउँन पनि गाह्रो नभएको बताएकी छिन् । उनले आफ्नो हृदयदेखि नै काम गर्नेको आम्दानीको स्रोत राम्रो हुने बताएकी छिन् । त्यस्तै, जति धेरै मेहनत गर्यो त्यती नै फल पाइने क्षेत्रमा बीमा पर्ने पनि उनको भनाई छ । हालसम्म प्रधानले करिब १५ सय जना बीमितहरुको बीमा गराइसकेकी छिन् ।

यस्तो छ नेशनल लाइफ नै  रोज्नुपर्ने कारण

नेशनल लाइफ भनेको सरकारी स्वामित्व रहेको, राष्ट्रिय वाणिज्य बैंकको समेत आवद्धता रहेको, पब्लिकको पनि लगानी रहेकाले उनलाई यो कम्पनी मन पर्छ । सुरुवाती दिनदेखि नै आफूले नेशनल लाइफको राम्रो सुन्न पाएको यसले नागरिकहरुलाई सेवा गर्छ भन्ने उनलाई विश्वास छ । जीवन बीमा गर्दा भरपर्दो कम्पनी चाहिने भएकाले उनलाई त्यस्तो कुरामा नेशनल लाइफ इन्स्योरेन्स निकै अग्र स्थानमा छ भन्ने विश्वास छ ।

प्रधानको परिवारमा उनीभन्दा पहिला कसैले पनि बीमामा जोडिएका थिएनन् । बीमा पेशा रोज्ने उनी पहिलो मात्र भइनन् सफल र स्थापित बन्न पनि सफल भइन । त्यो पनि नेपालको टप इन्स्योरेन्सको नाम लिदा नछुट्ने कम्पनीमा । उनको परिवारमा अन्य सदस्यले व्यापार नै अँगाल्नु भएको छ । नेशनल लाइफको प्रधान कार्यालयबाट उनले आफ्नो काम सुरु गरेर हाल उनी घण्टाघर ब्रान्चबाट काम गरिरहेकी छिन् । अहिले उनलाई बीमा जो कोहीलाई अपरिहार्य छ भन्ने लागेको र उनले इन्टरनेशनल पिल्लर अफ लाइफको रुपमा बीमा विश्वमाझ परिचित रहेको पनि बताएकी छिन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?