National life
cg eloctronics

यस्ताे छ नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासमा वित्तीय विवरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
1.7kShares
यस्ताे छ नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासमा वित्तीय विवरण
muktinatha bikash bank

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ५२ करोड ९० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ६० करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने जीवन व्यवसायबाट २ करोड ९७ लाख रुपैयाँ घाटा थियो। यो हिसाबले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फको नाफा १२.१३ प्रतिशतले घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समीक्षा अवधिमा कम्पनीको निर्जीवन व्यवसायतर्फको खर्च घटेको छ भने जीवन व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ। यो अवधिमा निर्जीवनतर्फ ७ करोड ५८ लाख रुपैयाँ र जीवनतर्फ ३ करोड १८ लाख रुपैयाँ व्यवस्थापन खर्च भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः ७ करोड ९९ लाख रुपैयाँ र १ करोड ४० लाख रुपैयाँ थियो।

everest bank

तेस्रो त्रैमासमा कम्पनीको निर्जीवन व्यवसायतर्फ ८४ करोड ४ लाख रुपैयाँ नाफा भएको छ भने जीवन व्यवसायतर्फ ११ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा निर्जीवनतर्फ यस्तो नाफा ३७ करोड १८ लाख रुपैयाँ थियो भने जीवनतर्फ ४ करोड ७० लाख रुपैयाँ घाटा थियो।

लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ १ अर्ब ५ करोड रुपैयाँ र जीवन व्यवसायतर्फ ५३ लाख ८५ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः ६६ करोड १७ लाख रुपैयाँ र ३ करोड १७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म यो कम्पनीको निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार बढेर ३ अर्ब २८ करोड रुपैयाँमा खुम्चिएको छ भने जगेडा तथा कोषमा ४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा निर्जीवनतर्फको बीमा कोषको आकार २ अर्ब ५४ करोड रुपैयाँको थियो भने जगेडा तथा कोषको आकार ३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ २ अर्ब ७९ करोड खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ५३ करोड आर्जन गरेको थियो।

यस्तै जीवन व्यवसायतर्फ समीक्षा अवधिमा १ अर्ब ४६ लाख बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आर्जन १ अर्ब ३२ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी(ईपीएस) ६.८२ रुपैयाँ। पीई अनुपात १४५.५७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४.४६ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?