काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बिमितलाई ६५ रुपैयाँका दरले लाभांश दिने भएको जनाएको छ ।
कम्पनीले २०६७-६८ देखि २०६९-७० सम्म कायम रहेको बिमा पोलेसीको बोनसदर कायम गरेको हो।
कम्पनीले १ लाख ६२ हजार ७ सय २१ वटा बिमा पोलेसीको आर्थिक स्थितिको लेखाजोखा दायित्व मूल्यांकन सम्बन्धी बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृत गराएको छ।
उक्त बिमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेसँगै अब कम्पनीले प्रतिहजार बिमालेख वापत ६५ रुपैयाँ बोनस कायम गरेको भएको छ ।
































