National life

रिलायबल नेपाल लाइफको आइपीओ आजदेखि निष्काशन,कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
827Shares
रिलायबल नेपाल लाइफको आइपीओ आजदेखि निष्काशन,कति कित्तासम्म दिन पाइन्छ आवेदन ?
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज साउन २३ गतेबाट सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्काशन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले) छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयरमा लगानीकर्ताले साउन २३ गतेदेखि २६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?